National

प्रभु बैंक लिमिटेडको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्तावित १०.५२६३ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । 
मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको नेप्सेले जानकारी गराएको छ । 
यससँगै उक्त लाभांशलाई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । बैंकको हाल चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ११ अर्व ३४ करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै