National

लक्ष्मी बैंकले गर्यो उपत्यकाभित्र ३ वटा नयाँ शाखा सञ्चालन

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखाहरु ललितपुर जिल्लाको पाटन-सुन्धारा, काठमाडौं जिल्लाको मूलपानी र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त ३ वटा नयाँ शाखाहरुको स्थापनासँगै लक्ष्मी बैंकको शाखा संजाल १ सय २४ पुगेको छ ।
बैंकले देशभर रहेको ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १ सय ५५ एटिएममाफत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकको २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा-रहित बैंकिङ एजेन्टहरु रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै