National

विश्व बैंकद्धारा नेपाललाई ८० मिलियन अमेरिकी डलर अनुदान, कृषि क्षेत्रको विकास गरिने

World Bank
  • बैंकिङ संसार
काठमाडौं । विश्व बैंकले नेपाललाई ८० मिलियन अमेरिकी डलर अर्थात करिब साढे ९ अर्ब रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । बैंकले कोरोना महामारीले थला परेको नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि उक्त आर्थिक सहयोग प्रदान गरेको हो । 
कोरोना महामारीबाट परेको असर न्युनिकरण गरी नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका यस्तो रकम प्रदान गर्न लागिएको विश्व बैंकले जानकारी दिएको छ ।
यस्तो परियोजना नेपाल सरकारका लागि एउटा अवसर भएको तथा निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि रकम खर्च गरिने र यसले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने निर्देशन फरिसु हाडाड जेरभोसले बताएका छन् ।
विश्व बैंकबाट प्राप्त सो सहयोग रकम प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा परियोजना संचालन गरिने भएको छ । अहिलेसम्म नेपालमा विश्व बैंकको सहयोगमा २४ वटा परियोजना संचालनमा रहेका छन् । यस्ता परियोजनामा ३ अर्ब अमेरिकी डलर बराबरको सहयोग नेपालले पाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै