National

नबिल बैंकले ग्राहकहरुका लागि ल्यायो नयाँ सुविधा, अब एटिएमबाटै पिन रिसेट गर्न सकिने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल ग्रिन पिन सेवाको सुरूवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरूलाई सहज र सुरक्षित रूपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन रिसेट गर्ने सुविधा प्रधान गर्न यस्तो सेवाको सुरुवात गरेको हो । 
बैंकले ग्रिन पिन सेवामार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पुराना ग्राहकहरूलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुविधा प्रदान गर्ने भएको छ । 
अब ग्राहकहरूले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंकमा आउन नपर्ने र सहजै बैंकको नजिकैको एटिएमबाट आफैले पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ । ।
ग्राहकहरूले पिन सेट अथवा रिसेट गर्न नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN छान्नु पर्नेछ । त्यसपछि ग्राहकहरूले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त हुनेछ । त्यसपछि ग्राहकहरूले Enter OTP to Change Your Pin मेनु छनौट गरि प्राप्त भएको OTP राखेर पिन सेट अथवा रिसेट गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले ग्रिन पिन सेवाको लागि पिन प्रिन्ट गर्ने कागज र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको शुभारम्भ गरेको पनि बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै