National

गरिमा विकास बैंकले एकैदिन ल्यायो थप ६ वटा नयाँ शाखा सञ्चालनमा

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । बैंकले असोज १ गते काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
बैंकले उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । यसैगरी उपत्यकाभित्र काठमाडौको ढुङगेधारा र ललितपुरको इमाडोलमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।
बैंकले काठमाडौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर ९७ वटा शाखा, ५१ वटा एटीएममार्फत आफ्ना सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । गरिमा विकास बैंकको प्रधान कार्यालय भने लाजिम्पाट काठमाडौंमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै