National

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले पठायो आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश

Mahila Sahayatra Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश पठाएको हो ।
लघुवित्तले बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ ।
लघुवित्तले साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेको मितिसम्ममा हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका सेयरधनीहरुको खातामा सो दर बराबरको रकम जम्मा गरेको हो । लघुवित्तको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
लघुवित्तले हालसम्म सेयर अभौतिकिकरण नगराएका सेयरधनीहरुलाई छिटो भन्दा छिटो सेयर अभौतिकिकरण गराई खाताको विवरण उपलब्ध गराउन अनुरोधसमेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै