National

नेपाल एसबिआई बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, यस्तो छ नयाँ व्याजदर

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २१ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले विभिन्न खातामा बिहिबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले मुद्दति निक्षेपमा ३ महिनादेखि ६ महिनासम्मका लागि व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर कायम गरेको छ । यस्तै ६ महिनादेखि १ वर्षसम्मका लागि व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत व्याजदर तोकिएको छ । यसैगरी बैंकले १ वर्षदेखि २ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । 
त्यस्तै २ वर्षदेखि ३ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले ३ वर्षदेखि १० वर्षसम्मका लागि लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको स्प्रेड रेट भने ४.३४ प्रतिशत रहेको छ । 
यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै