National

एनएमबी बैंक लिमिटेडले बुधबार आफ्ना ग्राहकहरुलाई १ सय २ शाखामार्फत सेवा दिदैँ

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकले निषेधाज्ञाको अवधिमा पनि आफ्ना देशभर रहेको विभिन्न शाखाहरुमार्फत सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकारले लिएको निर्णयलाई पालना गर्दै देशभर रहेका आफ्ना शाखामार्फत आलोपालो प्रणालीबाट सेवा दिने भएको हो । 
बैंकले आफ्ना देशभर रहेको शाखाहरुमध्ये १ सय २ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । बैंकले प्रदेश न.१ मा १५ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यसैगरी प्रदेश न २ मा ११ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ भने वाग्मती प्रदेशबाट १५ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । 
त्यस्तै, गण्डकी प्रदेशमा १६ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । यस्तै, प्रदेश न. ५ मा १६ वटा बैंक शाखाबाट सेवा दिने भएको छ भने कर्णाली प्रदेशबाट ३ वटा बैंकको शाखामार्फत सेवा दिने भएको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमाबाट २६ वटा बैंकको शाखामार्फत सेवा दिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै