National

लक्ष्मी बैंकद्वारा बनेपा नगरपालिकालाई मेडीकल सामग्री हस्तान्तरण

 Laxmi Bank
  • बैंकिङ संसार
बनेपा । लक्ष्मी बैंक लिमिटेडले बनेपा नगरपालिकालाई मेडीकल सामग्री हस्तान्तरण गरेको छ । लक्ष्मी बैंकको बनेपा शाखाले कोरोनाको लागि गरिने पिसिआर परीक्षणका लागि स्वाप संकलन गर्न अत्यावश्यक मेडीकल सामग्री भिटिएम हस्तान्तरण गरेको हो । 
यस अघि नगरपालिका स्वयमले भिटिएम खरिद गरी सेवा प्रदान गर्दै आएको थियो । त्यस्तै बनेपा नगरपालिकाले नगरवासीहरुका लागि ५० बेडको क्वारेन्टाईन, ५० बेडको आईसोलेसन सञ्चालन गरी उपचार गर्दै आईरहेको छ । यसका साथै कोभिड विरुद्ध जनचेतना मुलक प्रचार प्रसार, बजार व्यवस्थित, सक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरी कोरोना परिक्षणलाई तिव्र परिक्षण पनि गर्दै आईरहेको छ ।
बनेपास्थित लक्ष्मी बैंक लिमिटेडले यस अघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको बैंकका बाग्मती प्रदेश प्रमुखले बताएका छन् । बैंकले यस महामारीको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत नगरवासीहरुको सुरक्षाका लागी स्वाप संकलन गर्न भिटिएम सहयोग गरेको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गदैं जाने प्रतिबद्धता जनाएको छ । 
सोही कार्यक्रममा बनेपा नगरपालिकाका उप–प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, बैंकका बनेपा शाखाका प्रबन्धक जयन्द्र वादे, सञ्चालक प्रबन्धक पूर्णकुमार मानन्धर, नगरपालिकाका शाखा प्रमुखहरू र पत्रकारहरुसमेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै