National

कपिलवस्तुको तौलिहवामा बैंकर्स क्लब गठन !

 Bankers Club
  • बैंकिङ संसार 
काठमाडौं । कपिलवस्तुको तौलिहवामा ‘बैंकर्स क्लब तौलिहवा’ को गठन गरिएको छ । तौलिहवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सामुहिक तथा कर्मचारिहरुको हक, हीतको सम्वर्धनको साथै सामाजिक सहयोगको लागि शाखा प्रबन्धकहरुको साझा फोरमको रुपमा ‘बैंकर्स क्लब तौलिहवा’ को गठन भएको हो । 
उक्त क्लबको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक सरोज आचार्य, उपाध्यक्षमा मेगा बैंकका शाखा प्रबन्धक राजेन्द्र प्रसाद शर्मा, सचिवमा गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सको शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शाखा प्रबन्धक राजीव श्रीवास्तव नियुक्त भएका छन् । 
यसैगरी सदस्यहरुमा कृषी विकास बैंकका राम बहादुर खत्री, लक्ष्मी बैंकका अर्पण श्रेष्ठ, कामना सेवा विकास बैंकका अखिलेश कुमार अग्रहरी, एभरेष्ट बैंकका प्रकाश ज्ञवाली, तिनाउ मिसन डेभलपमेण्ट बैंकका नवीन भुषाल, ग्लोबल आईएमई बैंकका लोक नारायण न्यौपाने, माछापुछ्रे बैंकका देवेन्द्र केसी, प्रभु बैंकका सुनिल भुषाल र एनआइसी एशिया बैंकका सुरज गुप्ता कसौधन शाखा प्रबन्धकहरु सर्वसम्मतीले चयन भएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै