National

सिभिल बैंकमा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बिरामीको आईसोलेसनमा उपचार हुदैँ

 Civil Bank
  • बैंकिङ संसार 
कैलाली । सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कैलालीमा रहेको लम्कीचुहा शाखामा कार्यरत कर्मचारी र जानकी गाउँपालिकामा रहेको शाखामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । संक्रमित बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ । पछिल्लो समय बैंकरहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै