National

सांग्रिला डेभलपमेन्ट बैंकका १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल

 Shangri-La Development Bank
  • बैंकिङ संसार
बाँके । सांग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बाँकेको नेपालगञ्जस्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीलाई हाल आइसोलेसनमा राखिएको छ । उक्त बैंकको कर्मचारीमा गत शुक्रबार स्वाप परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । 
उनको सम्पर्कमा आएका बैंकका कर्मचारीहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाईनमा राखिएको छ । संक्रमितको अहिले स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । 
बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा सिल गरिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा कोरोना संक्रमण हुने क्रम तीव्र गतिमा बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै