National

नेपाल बैंक लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nepal Bank
  • बैंकिङ संसार
बाँके । नेपाल बैंक लिमिटेडमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको नेपालगञ्जमा रहेको शाखामा कार्यरत १ कर्मचरीमा कोरोना संक्रमण पुष्टी भएको हो । उक्त बैंकको कर्मचारीमा शुक्रबार स्वाप परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीलाई हाल आइसोलेसनमा राखिएको छ ।
उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाईनमा राखिएको छ । संक्रमितको अहिले स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा कोरोना संक्रमण हुने क्रम तीव्र गतिमा बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै