National

ग्लोबल आइएमई बैंकको थप १ नयाँ एक्सटेन्सन काउन्टर लमजुङमा

 Global IME Bank
  • बैंकिङ संसार
काठमडौं । ग्लोबल आइएमई बैंकले थप १ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङको बेंसीसहरमा रहेको भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा उक्त काउन्टर संचालनमा ल्याएको हो ।
लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशव प्रसाद पौडेलले उक्त एक्सटेन्सन काउन्टरको उद्घाट्न गरेका हुन् । बैंकले आफ्ना ग्राहकको आवश्कतालाई ध्यानमा राख्दै उक्त एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो ।
बैंकले नेपालभरी २ सय ५९ वटा शाखा सञ्जाल, २ सय १८ वटा शाखा रहित बैंकिङ्ग सेवा, २ सय ३५ वटा एटिएम र ४० वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ३ अन्तर्राष्ट्रिय प्रतिनिधिसम्पर्क कार्यालयमार्फत सेवा पनि प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै