National

माछापुच्छ्रे बैंकले गर्यो चार्टड एकाउन्टेन्ट संघसँग सम्झौता, एक्यानका सदस्यहरुलाई बैंकिङ सेवा दिने उद्देश्य

MACHHAPUCHHRE BANK
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनकर्जाको आवेदन दिनको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई बोलाएको छ । बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुनकर्जाको आवेदन दिनको लागि बोलाएको हो । राष्ट्र बैंकले लघु पुनकर्जा, घरेलु तथा साना उद्यम पुनकर्जा, साधारण पुनकर्जा र विशेष पुनकर्जाका लागि आवेदन दिन आह्वान गरेको हो । 
प्रति ग्राहकले लघु पुनकर्जा र घरेलु तथा साना उद्यम पुनर्कर्जा १५ लाखसम्म र विशेष र साधारण पुनर्कर्जा ५ लाखसम्म पाउने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने भएको छ । पुनर्कर्जा लागि आवेदन भने असोज १४ गतेभित्र दिईसक्नु पर्नेछ । पुनर्कर्जाको व्याजदर न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत कायम भएको छ । 
उक्त पुनर्कर्जा कोभिड– १९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुले पाउने छन् । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै