National

हिमालयन बैंकले ल्यायो ११ प्रकारका कर्जा योजना, ग्राहकहरुले यस्तो सुविधा पाउने

 Himalayan Bank
  • बैंकिङ संसार 
काठमाडौं । हिमालयन बैंकले ११ प्रकारका कर्जा योजना बजारमा ल्याएको छ । बैंकले ६ प्रकारका कर्जा योजनामा ८.४९ प्रतिशतका दरले र ५ प्रकारका कर्जा योजनामा ९.८ प्रतिशतक दरले ब्याज लिनेगरी उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकले एसएमइ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माणमा ८.४९ प्रतिशत ब्याज दर तोकेको छ भने शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, ब्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र ब्यक्तिगत कर्जामा ९.८९ प्रतिशत ब्याज दर तोकेको छ । 


यस्तै बैंकले १०.३९ प्रतिशत ब्याज दरमा व्यवसायिक सवारीसाधन कर्जा पनि ल्याएको छ । बैंकले एसएमइ कर्जाको अवधि १० वषसम्म तोकेको छ । उक्त कर्जा योजना अन्तर्गत ग्राहकहरुले ५ लाख देखि ६ करोडसम्म पाउने छन् भने घर कर्जा १ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । सो कर्जा ग्राहकहरुले घर निर्माण तथा जग्गा खरिदका लागि प्रयोग गर्न पाउने छन् ।

स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि शैक्षिक योजना कर्जा धेरै नै उपयोगी हुने विश्वास बैंकले लिएको छ । यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुविधा पनि १ वर्षसम्म निःशुल्क पाउने बैंकले जनाएको छ। बैंकले देशभरी ६८ वटा शाखा कार्यलयहरुबाट सेवाग्राहीहरुलाई सेवा दिदैँ आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै