National

सानिमा बैंकद्धारा ‘टिच फर नेपाल’ लाई १० लाख आर्थिक सहयोग, शिक्षाको गुणस्तर बढाउने उद्देश्य

 Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त सहयोग टिच फर नेपाललाई गरेको हो । बैंकले उक्त संस्थालाई विगत ७ वर्ष देखि सहयोग गर्दै आएको छ । 
सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको गुणस्तर शिक्षाको लागि टिच फर नेपाल विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ ।  यस संस्थाको  १ सय ३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सरकारी विद्यालयहरुमा कार्यरत छन् । त्यस्तै १० हजार भन्दा बढी विद्यार्थीहरु सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । 
सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
सानिमा बैंकले उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । सानिमा बैंकले देशभरी ७९ वटा शाखा, ८१ वटा एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत् ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै