National

हिमालयन बैंकद्धारा सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई सहयोग

 Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकले सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई ५ लाख मूल्य बराबरको कपडा धुने मेसिन सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिदैँ उक्त सहयोग वद्धाश्रमलाई गरेको हो । बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा बैंकका तर्फबाट सिइओ अशोक शम्सेर राणाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।

बैंकले सहयोग स्वरुप ५ लाख मूल्यबराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको छ । अस्पतालमा विरामी तथा अस्पतालका अन्य लुगाहरु दैनिक रुपमा धुनु र सुकाउनु पर्ने तर हाल रहेको मेसिन विग्रिने र पटक–पटक बनाई राख्न पर्ने समस्या भएको हुदाँ उक्त समस्याको समाधान गर्नको लागि बैंकले सो सहयोग उपलब्ध गराएको हो ।

साथै बैंकले उक्त प्रतिष्ठालाई १ लाख ५७ हजार ६ सय ३५ रुपैयाँ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै