National

आशा लघुवित्त वित्तीय संस्थाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, कहाँ-कहाँका विद्यार्थीले पाउँदैछन् ?

 Asha Laghubitta

  • बैकिङ संसार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यहरुका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि वित्तीय संस्थाले शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दाबि परेकाहरुमध्येबाट उत्कृष्ट अंक ल्याई उतिर्ण भएका ग्राहक सदस्यहरुका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।
संस्थाले हरेक वर्ष देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत प्रति शाखा १ जनाको दरले ग्राहक सदस्यहरुका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । संस्थाले छात्रवृत्ति १२ कक्षाको परीक्षामा उत्कृष्ट अङ्क ल्याई उतिर्ण हुने विद्यार्थीहरुलाई मात्रै वितरण गर्दै आएको छ । घरेलुले ग्राहक संरक्षण कोषमार्फत क्रमशः शाखा कार्यालयहरु दाङको सिसहनिया, कञ्चनपुरको बेलौरी, नुवाकोटको देबिघाट, बाँकेको कोहलपुर, मकवानपुरको बज्रबाराही र रुपन्देहीको सेमरामा आवद्ध रहेका आफ्ना ग्राहक सदस्यहरुको छोरा छोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।

संस्थाको २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु रहेको छ । उक्त शाखा कार्यालयमार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब २ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको र ८० करोड भन्दा बढी निक्षेपसमेत संकलन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै