National

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

 bank of kathmandu
  • बैंकिङ संसार
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको रु. सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेको छ । 
उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग समन्वयमा बैंक प्रदेश नं। १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व। चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरे । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै