National

प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन, नयाँ खाता नम्बर लिन आग्रह

prabhu bank
  • बैंकिङ संसार
काठमाडौं – प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन (कोर बैंकिङ्ग सिष्टम माइग्रेशन) को काम सम्पन्न भएकाले उनीहरुको हालको खाता नम्बर परिवर्तन भएको बैंकले जानकारी गराएको छ । त्यसैले, बैंकले सम्पूर्ण ग्राहकहरूलाई नयाँ खाता नम्बर लिन आग्रह गरेको छ । जसका लागि बैंकका ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।
‘हाल प्रयोगमा आएको कोर बैंकिङ्ग सिष्टम माइग्रेशन भएकाले खाता नम्बर परिवर्तन गर्नुपर्ने भएको हो । चेकहरु भने पुरानै चल्ने छ । साथै, यससम्बन्धी जानकारी हामीले एसएमएस मार्फत पनि गराउने छौं ।’ बैंकले एक सूचना मार्फत जनाएको छ । उक्त सिष्टम माईग्रेसन गर्नको लागि कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बन्द भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै