National

साना किसान लघुवित्त वित्तीय संस्थाद्धारा वित्तीय विवरण सार्वजनिक, कमायो २.७८ प्रतिशत खुद नाफा

Sana Kisan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । यस त्रैमासमा कम्पनीको खुद नाफा २.७८ प्रतिशतले बढेर ३२ करोड ३८ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ करोड ५० लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २.३० प्रतिशतले बढेर ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६० करोड ४४ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
यता सञ्चालन नाफा पनि २.४२ प्रतिशतले बढेर ४६ करोड १५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४५ रुपैयाा ५२ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै