गण्डकी विकास बैंक नयाँ शाखा चितवनको भोजाडमा विस्तार, कुल शाखा संख्या ७७ पुग्यो !

काठमाडौं - गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११, भोजाड बिशालचोकमा शाखा विस्तार गरेको छ । चितवनका प्रदेश सभा सदस्य बिजय सुवेदीले सो शाखाको औपचारीक उद्घाटन गरेका छन् ।

गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा सभा सदस्य सुवेदीले खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोही महानगरपालिका वडा नं. ११ का वडा सचिव ओम प्रकाश न्यौपाने, बरिष्ठ समाजसेवी तेजेन्द्र बहादुर खडका, धनन्जय शर्माले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले जानकारी गराएका थिए । बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्