ग्लोबल आइएमइ बैंकमा पैसा नै नभएको खाताबाट भुक्तानी, ग्राहक भागेपछि बैंकको लाखौँ रुपैयाँ फस्यो !

  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ- ग्लोवल आईएमई बैंकको न्यूरोडस्थित शाखा कार्यालयका कर्मचारीको लापरवाहीका कारण बैंकको लाखौँ रुपैयाँ फसेको छ । आशुतोष ब्रोकरेज नामको सेयर ब्रोकर कम्पनीका कर्मचारी सन्तोष भुर्तेलले भनेकै आधारमा खातामा पैसा नै नहुँदा पनि चेकको भुक्तानी दिंदा बैंकको लाखौँ रुपैयाँ फसेको हो । यस अघि पनि थुप्रै पटक यसरी नै गैरकानुनी कारोबार गरेको बैंकले पैसा नै नभएको खातामा चेकको भुक्तानी दिएपछी उक्त ब्रोकर कम्पनीका कर्मचारी फरार भएपछी बैंकको लाखौँ रुपैयाँ फसेको हो । 

भएको यस्तो हो :
सेयर दलाल कम्पनी आशुतोष ब्रोकरेजले ग्लोबल आइएमइ बैंकको उक्त शाखामा कारोबार गर्ने गरेको थियो । बैंकमा उक्त कम्पनीका अन्य कर्मचारीको पनि ठूलो कारोबार थियो । कम्पनीका कर्मचारी सन्तोष भुर्तेलले थुप्रै पटक पैसा नै नभएको चेकमा भुक्तानी दिन बैंकका अधिकारीहरुलाई अनुरोध गर्थे भने बैंकले पनि केहि समयपछी पैसा डिपोजिट हुने हुनाले पैसा भुक्तानी गर्दीन्थे । यो प्रक्रिया चलिनै रहेको थियो । तर यसपाली सन्तोष भुर्तेल पैसा लिएर आएनन् । चिनजानकै आधारमा गरिएको यस्तो कारोबारले बैंकका कर्मचारीहरु फसे ।

कर्मचारीहरु निलम्बनमा 
यसरी गैरकानुनी रुपमा पैसा नै नभएको खाताबाट पैसा भुक्तानी गर्ने ग्लोबल आइएमइ बैंकका कर्मचारीहरु फसेपछि उनीहरुलाई बैंकले निलम्बन गरिसकेको छ । पैसा डिपोजिट हुनुको सट्टा सन्तोष भुर्तेल भागेको थाहा पाएपछि बैंकको लाखौँ रुपैयाँ त डुबेको छ नै कर्मचारीहरुको जागिरसमेत गएको छ । तर यसरी कारोबार गरिएको त्यो पहिलो पटक भने थिएन । थुप्रै पटक यसरी कारोबार हुँदा पनि बैंकले थाहा नपाउनुले बैंक कतिसम्म कमजोर छ भन्नेसमेत प्रमाणित भएको छ । यसरी गैरकानुनी कारोबार भएको भन्ने तथ्य बैंकका उपल्लो तहका कर्मचारीहरुलाईसमेत थाहा हुँदा पनि केहि नगरेको र पछी आफु फसेपछि कर्मचारीहरुलाई निलम्बन गरेको चर्चा पनि नेपाली बैंकिङ क्षेत्रमा छन् । प्रहरीले सन्तोष भुर्तेलको खोजी गरिरहेको छ । यहि काण्डपछी उक्त ब्रोकर कम्पनीको कारोबार नेपाल स्टक एक्सचेन्जले पनि रोक्का राखेको छ ।

प्रतिकृया दिनुहोस्