आइएमई जनरल इन्स्योरेन्सको फागुन २२ देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुल्ने, यी ठाउँहरुमा भर्न पाइने

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्सको फागुन २२ गतेदेखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामी गर्न लागिएको हो ।

कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । यस लिलामीमा आवेदन दिने अन्तिम म्याद फागुन ३० गते अपराह्न ३ बजेसम्म हुनेछ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटौडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्