आइएमई जनरल इन्स्योरेन्सको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा आउने

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्सले १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद निष्कासन गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयर मात्र बिक्री भएको छ । कम्पनीले बाँकी रहेको सेयर अब लिलामीमा ल्याउने भएको हो ।

कम्पनीको ८० प्रतिशत हकप्रद रितपूर्वक आवेदन दिने २ हजार ८४२ जना सयेरधनीलाई फागुन ११ गते बाँडफाँट भएको छ । हक भन्दा बढी सयेर माग गर्ने सेयरधनीको रकम फागुन १२ गतेबाट बैंक खातामा फिर्ता गरिने जाने कम्पनीले जनाएको छ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ ।

प्रतिकृया दिनुहोस्