ओम डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं - ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुले बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा प्रकाश पारेका थिए ।

बैंकले तनहँको भानु ३ मा रहेको जनजागृति मा.वि.मा र बाग्लुङको धवलागिरी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धकहरुले वित्तीय क्षेत्रका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

बैंकले यस अघि पनि कास्कीको घाचोक, निर्मलपोखरी, लमजुङको दोर्दी तान्जेमा अवस्थित बाल विकास प्राथमिक विद्यालय मा वित्तीय साक्षरता कार्यक्रम गर्नुका साथै डस्टविन पनि वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्