सिद्धार्थ बैंकको साधारण सभा सुरु, १३.१६% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

काठमाडौं - सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सोमबार (पुस २३ गते) राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । बैंकले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश दिन लागेको हो ।
साधारण सभा लागि बैंकले पुस ९ गते बुक क्लोज गरिसकेको छ । पुस ८ गते सम्म कायम लगानीकर्ताले यो लाभांश पाउनेछन् । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

साभारण सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरीक्षक निक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ ।

हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ छ । बोनसपछि पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्