सगरमाथा इन्स्योरेन्सको खुद नाफा २०.८०% ले वृद्धि, जगेडा कोष र प्रतिसेयर आम्दानी कति ?

सगरमाथा इन्स्योरेन्सको खुद नाफा २०.८०% ले वृद्धि, जगेडा कोष र प्रतिसेयर आम्दानी कति ?
काठमाडौं - सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २०.८० प्रतिशतलेवृद्धि गरी ८ करोड ४८ लाख ९४ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । कम्पनीले गत वर्ष ७ करोड २ लाख ७२ हजार रुपैयाँ मात्र खुद नाफाआर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद बीमा शुल्क १३.८७ प्रतिशतले बढेर ५१ करोड ९९ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ४५ करोड ६६ लाख ४८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले २४ करोड ५१ लाख १३ हजार रुपैयाँ खुद दाबी भुक्तनी गरेको छ भने भक्तानी हुन बाँकी दाबी रकम ८१ करोड ७९ लाख ७१ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ जम्मा गर्न सफल भएको छ । 
हाल यस कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ६१ करोड २८ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ  । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ३१९ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्