कृषि विकास बैंकको २१.०५३ लाभांश सुरक्षित गर्न अब तीन दिन बाँकी, कहिले हुँदैछ एजिएम ?

काठमाडौं - कृषि विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने बुधबार अर्थात फागुन १५ गते अन्तिम दिन हो । बैंकको २१.०५३ प्रतिशत सुरक्षित गर्न सोमबार सहित अब ३ दिन मात्र समय बाँकी रहेको छ । बैंकले साधारण सभाका लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकले साधारण सभा चैत १५ गते बोलाएको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्नेछ ।

बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा ६ प्रतिशत नगद लाभांश दिनेछ ।

हाल यसको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्