एशियन लाइफ इन्स्योरेन्सद्धारा मृतक मंगली बिकको परिवारलाई दाबी भुक्तानी

 Asian LIfe Insuranceकाठमाडौं - एशियन लाइफ ईन्स्योरेन्सका ग्राहक सदस्य घोराही १८ ढोडेनी निबासी मंगली बिकको परिवारलाई बिमा रकम बापतको नौ लाख बढी रकम प्रदान गरिएको छ । एक औपचारिक कार्यक्रम गरी मंगलीका छोरा लक्ष्मण गौतमलाई रकम प्रदान गरिएको हो ।

दाङ शाखा प्रमुख नबराज बुढाथोकीले बीमा बापतको ९ लाख ४७ हजार ७ सय रुपैया बराबरको चेक हस्तानतरण गरिएको छ ।

बिमा गरेपछि मंगलीको गएको माघ महिनामा घोराहीमा सडक दुर्घटनामा परी निधन भएको थियो । उक्त दाबी रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भरत अर्याल, नेकपाका नेता मानबहादुर बिक, कुलबहादुर वलीको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले बीमा जीवन जिउन मात्र नभई सन्तानलाई पनि सहयोग पुग्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस्