एक्सेल डेभलपमेन्ट बैंकको एजिएम चैत ११ मा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले १३औं वार्षिक साधारण सभा चैत्र ११ गते बोलाएको छ । साधारण सभा गर्न बैंकले फागुन २७ गतेदेखि चैत्र ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित १७ प्रतिशत नगद लाभांश पाउनेछन् । बैंकले सेयरधनीलाई करसहित १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरणका लागि ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने भएको छ ।

हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव लैजानेछ । उक्त प्रस्ताव पारित भएमा कुल ३८ करोड ९ लाख ७० हजार ६८६.२५ रुपैयाँको हकप्रद सयेर जारी हुनेछ । बैंकले अधिकृत पुँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अर्को प्रस्ताव पनि पेश गर्ने भएको छ ।

साधारण सभा चैत्र ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्