नियम विपरित काम गरेको भन्दै अनुशासनको कारवाही भोगेका गणेशराज पोखरेल बने सिटिजन्स् बैंकको सीइओ !

 CITIZENS BANK
  • बैंकिङ संसार सम्बाददाता  
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन्। बैंकको सोम बार बसेको २९५औं संचालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्ती गर्ने निर्णय गरेको हो । उनी नेपालको लेखा व्यवसायको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अनुसासनको कारवाही गरेका व्यक्ति हुन् । नियम विपरित लेहापरिक्षण गरेको भन्दै कारवाहीमा परेका पोखरेल यसअघि बैंकमा कायममुकायम सिइओ थिए । कामु सीइओ दिंदै उनलाई केहि समयपछी फुल सीइओ दिने तयारी थियो । यहिबीचमा बजारमा अनुसाशनको कारवाही भोगेका व्यक्तिले कसरी बैंकलाई अनुशाशित बनाउलान् र ? भन्ने चर्चा चलिसकेको थियो ।

बैंकमा सीइओ नियुक्त भएका पोखरेललाई मिति २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले कारवाही गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन तथा लेखा व्यवसायको आचारण, आचारसंहिता विपरित काम गरेको पाइएकाले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा १४ (५) (ग) बमोजिम ३ महिनासम्म लेखापरिक्षण गर्न नपाउने गरी उनलाई कारवाही गरिएको थियो ।

उनले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्तव्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । यहि बीचमा उनले रजिष्टर्ड अडिटरको समेत लाइसेन्स लिएका थिए । सो लाइसेन्स आफ्ना आफन्तलाई नियम विपरित भाडामा दिंदा उनी कारवाहीको सिकारसम्म पुगेका थिए । उनको व्यवस्थापन क्षेत्रमा भने २५ वर्षभन्दा लामो अनुभव छ ।

पोखरेललाई मिति २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले कारवाही गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन तथा लेखा व्यवसायको आचारण, आचारसंहिता विपरित काम गरेको पाइएकाले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा १४ (५) (ग) बमोजिम ३ महिनासम्म लेखापरिक्षण गर्न नपाउने गरी उनलाई कारवाही गरिएको थियो ।
आफु आइक्यानजस्तो गरिमामय संस्थाबाट कारवाहीमा परेको व्यक्ति भएपनि उनले आफु सीइओ भएपछी भने नीति नियमको अनुपालना आफ्नो पहिलो प्राथमिकतामा पर्ने र बैंकलाई थपउचाईमा पुर्याउने प्रतिवद्धता जनाएको बैंकद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्