जनरल इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा पाइने

काठमाडौँ - जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र गण्डकी बिकास बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच फागुन ३० गते आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिकृया दिनुहोस्