गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा चैत २१ गते, कहिले हुँदैछ बुक क्लोज ?


काठमाडौं - गुराँस लाइफ इन्सुरेन्सले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभाका लागि कम्पनीले चैत ६ देखि २१ ग्तेसम्म बुक क्लोज गर्नेछ । चैत ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित ८ प्रतिशत बोनस सेयर पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, कम्पनीले ८ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२१ प्रतिशत (२५ लाख १ हजार ५३ रुपैयाँ) नगद लाभांश पनि दिनेछ । आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने लागायतका प्रस्ताव पनि लैजाने भएको छ ।

साधारण सभा वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रतिकृया दिनुहोस्