आइएमई जनरल इन्स्योरेन्सको १ लाख २ हजार कित्ता सेयर लिलामी खुला, यी ठाउँहरुमा भर्न पाइने !

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्सको बुधबार (फागुन २२ गते) देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला भएको छ । कम्पनीले पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर अहिले लिलामी गर्न लागेको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । यस लिलामीमा आवेदन दिने अन्तिम म्याद फागुन ३० गते अपराह्न ३ बजेसम्म हुनेछ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं रहेको छ । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रदपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्