लाइफ इन्स्योरेन्स कर्पोरेसनको १२% बोनस सेयर पारित, कति पुग्यो चुक्ता पूँजी ?

काठमाडौं - लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल)को साधारण सभा सोमबार सम्पन्न भएको हो । कम्पनीले साधारण सभा गर्न फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरेको थियो । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीको साधारण सभाबाट १२ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको साधारण सभाले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र यसमा लाग्ने ०.६६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरेको हो। गत आर्थिक वर्षको साधारण सभा मिति भने घोषणा हुन बाँकी नै छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि पारित भएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिकृया दिनुहोस्