एलआइसी नेपालको साधारण सभा चैत ४ गते, यस्ता छन् पेस हुने प्रस्तावहरु

काठमाडौं - लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले १२ प्रतिशत बोनस सयेर दिने विशेष प्रस्तावसहित सोमबार (चैत ४ गते) वार्षिक साधारण सभा बोलाएको छ । कम्पानीले साधारण सभाका लाथि फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरिरहेको छ । फागुन २० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

सभामा कम्पनीको बोनसमा लाग्ने कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश दिने एजेन्डा लैजाने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारण सभा अहिले गर्न लागेको हो । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुनेछ ।

सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे सुरु हुनेछ ।

हाल कम्पनी चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिकृया दिनुहोस्