महालक्ष्मी विकास बैंकले गर्यो सरसफाई तथा वित्तीय चेतनामुलक कार्यक्रम

काठमाडौं - महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले सरसफाई तथा बैकिङ कारोबार सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । “सफा सहर हामी सबैको रहर” भन्ने मूल नारा रहेको उक्त सरसफाई अभियान दरबारमार्ग क्षेत्रमा आयोजित रहेको थियो ।

बैंकले सरसफाई कार्यक्रम गर्नुका साथै बैंकका प्रतिनिधिहरुले सर्वसाधारणमाँझ बैकिङ्ग कारोबार सम्बन्धी जानकारी व्यक्त गरेका थिए । साथै, आगामी दिनहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिकृया दिनुहोस्