सप्तरीको महादेवामा पुग्यो एनआईसी एशिया बैंकको नयाँ शाखा, दिपक कुमार यादवद्धारा उद्घाटन


काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले सप्तरीमा महादेवा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ रहेको महादेवा शाखाको माहादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले एक समारोहकाबीच समुद्घाटन गरे । शाखाको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको बैंकको प्रशंसा गरे ।

बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् । सम्पुर्ण वित्तीय परिसुचक अत्यन्त राम्रो रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्