सिद्धार्थ बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा खरिद मूल्यको ५० प्रतिशतसम्म नगद फिर्ता

काठमाडौं - सिद्धार्थ बैंकले आफ्नो भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना ल्याएको छ ।

यस योजना अन्तर्गत पहिलो पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० रुपैयाँ ९५ (प्रतिशत) नगद क्यास ब्याक पाउने बैंकले जनाएको छ । त्यस्तै, पहिलो पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद ९२ (प्रतिशत) क्यास ब्याक पाउने बैंकले शुक्रबार जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

ग्राहकहरुको माग बमोजिम नविनतम वित्तीय सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने र ग्राहकहरुलाई सन्तुष्टि दिने उदेश्यले कार्डबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्म नगद फिर्ता गर्ने योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग तथा १५० वटा एटिएमहरु मार्फत ६ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्