सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौं - सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौताले निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस्