सिटिजन्स् बैंक विरुद्ध श्रम कार्यालयमा उजुरी, 'नियम मिचेर रकम असुलियो, फिर्ता दिलाई पाउँ' (कागजपत्र सहित)

 Citizens Bank International

  • बैंकिङ संसार
काठमाडौँ- सिटिजन्स बैंकले आफुसँग नेपाल राष्ट्र बैंकको नियम विपरित रकम असुलेको भन्दै सिटिजन्स बैंकका एक कर्मचारीले बैंकविरुद्ध श्रम कार्यालयमा उजुरी दर्ता गराएका छन् । बैंकमा आफुले २०७१ सालदेखि काम गरेको बताउने ती कर्मचारीले विवाह भएपछि काठमाडौँ सरुवाको आवेदन दिएकी थिइन् । तर मौखिक रुपमा बैंकले सरुवा दिन नसक्ने बताएपछि उनले आफु अव बैंकमा काम नगर्ने जानकारी समेत गराएकी थिइन् । 

तर उनलाई बैंक छोड्ने बेलामा ९९ हजार तिर्न लगाइयो । नतिरेको खण्डमा रिलिज पत्र नै नदिने भएपछी कर्मचारी रकम तिर्न बाध्य भएकी थिइन् । यहि कुरालाई लिएर उनी अहिले श्रम कार्यालय पुगेकी छिन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि जारी गरेको बिनियमावलीमासमेत पूर्व सूचना नदिएको खण्डमा बढीमा एक महिना तलव काट्न सकिने प्रावधान छ । 

यसअघि जनता बैंकले पनि यसरी नै नियम विपरित तलव काट्ने गरेको रहस्य बाहिरिएपछि नेपाल राष्ट्र बैंकले यस विषयमा बैंकसँग जवाफ मागेको थियो ।

हेर्नुहोस् पीडीत कर्मचारीले श्रम कार्यालयमा दिएको उजुरी 

बैंकले उनलाई दिएको अनुभव पत्र 

बैंकले उनलाई दिएको नियुक्तिपत्र, जहाँ कतै पनि यसरी रकम काटिने छ भन्ने उल्लेख छैन। 




 नेपाल राष्ट्र बैंकले बढीमा एक महिनाको मात्र तलव काट्न पाउने भन्ने नियम बनाएको छ ।

प्रतिकृया दिनुहोस्