सिटिजन्स बैंकले ल्यायो स्वास्थ्य र दुर्घटना मृत्यु बीमा सहितको “सिटिजन्स विशेष बचत खाता”

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना अन्तर्गत “सिटिजन्स विशेष बचत खाता”ल्याएको छ । फाल्गुन २२ गते बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले सो बचत योजना सार्वजनिक गरेको हो । यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजकासाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

एक सय रुपैयाँमा खाता खोल्न मिल्ने “सिटिजन्स विशेष बचत खाता” कर्मचारीहरूको तलब खाताका लागि अत्यन्तै फलदायी हुने बैंकले विश्वास लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६ दशमलव २५ प्रतिशत ब्याजदर प्रदान गरिने र स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त योजनामा संलग्न हुने ग्राहकहरूले एक लाख सम्मको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा प्राप्त गर्ने छन्। औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले उल्लेख गरेको छ ।

बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । “सिटिजन्स विशेष बचत खाता”मा निःशुल्क भिसा डेविट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्री डी सेक्यिुर प्रविधिमा निःशुल्क दर्ता, लक्करको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट/स्विफ्ट जारी गर्दा ५०% छुट, लगायतअन्य सेवाहरूमा ५०% सम्म छुट जस्ता अनेकन आकर्षक सहुलियत उपलब्ध गरेको छ ।

हालसम्म बैंकले ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

प्रतिकृया दिनुहोस्