गुँरास लाइफ इन्स्योरेन्सको व्यतीत बीमालेखमा ५० प्रतिशत छुट

काठमाडौं - गुँरास लाईफ इन्स्योरेन्सले समयमा प्रिमियम बुझाउन नसकेका ग्राहकहरुलाई बीमालेख नविकरणमा विषेश छुट दिने भएको छ । बीमाशुल्क तिर्न नसकि बीमालेख नविकरण गर्न छुटेका सेवाग्राहीले फागुन २७ गते देखि चैत २८ गते कार्यालय समय भित्रमा नविकरण गर्दा छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
उक्त मिति भित्रमा बीमालेख नविकरण गर्ने सेवाग्राहीलाई विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । कम्पनीका अनुसार सन् २०१९ मा बीमालेख खरिद गरेका सेवाग्रहीले भने उक्त सेवा लीन पाउने छैनन् ।

प्रतिकृया दिनुहोस्