हिमालयन बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने, कति छ ब्याजदर ?

काठमाडौं - हिमालयन बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो । जसमा प्रतिशत अर्थात् १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ठूला तथा संस्थागत लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८३’ नाममा लागेको ३ अर्ब रुपैयाँब राबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । ७ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक ब्याज भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । 







प्रतिकृया दिनुहोस्