१९ जीवन बीमा कम्पनीद्वारा ५२ लाख ५० हजार बीमालेख बिक्री

काठमाडौँ - जीवन बीमा कम्पनीहरुले हालसम्म कुल ५२ लाखभन्दा बढि बीमालेख बिक्री गरेका छन् । नियामक संस्था बीमा समितिका अनुसार जीवन बीमा गर्ने १९ वटा कम्पनीले ५२ लाख ५० हजार १२७ वटा बीमा लेख बिक्री गरेका छन् । जसमा विदेश जाने कामदारसँग गरिएको म्यादी बीमा थप गर्दा बिमाको पहुँच करिब २० प्रतिशत पुग्ने जनाइएको छ । विदेश जाने झण्डै १० लाखले म्यादी बीमा गरेका छन् । म्यादी बीमा सहित कूल जीवन बीमा गर्नेको संख्या ६० लाख हाराहारीमा पुगिसकेको छ ।

यस्तै जीवन बीमा गर्ने नयाँ कम्पनी थपिएसँगै देशमा बीमा पहुँच बढेको छ । करिब १० प्रतिशतको हाराहारीमा रहेको बीमा पहुँच यस वर्ष भने १७ प्रतिशत मानिसहरु बीमाको पहुँच भित्र रहेका छन् । नयाँ बीमा कम्पनीले देशैभरि बीमा अभियान सञ्चालन गरेसँगै बीमाको पहुँच बढेको छ। 

प्रतिकृया दिनुहोस्