माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न एनएमबि क्यापिटललाई तोक्यो बिक्री प्रबन्धक

 Machhapuchhre Bank
काठमाडौं - माछापुच्छ्रे बैंकले पनि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन लागेको हो । 

माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटल लिमिटेड बीच १०.२५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर – २०८५ ऋणपत्र निष्कासनको लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।

प्रतिकृया दिनुहोस्