सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकले गर्यो निःशुल्क दन्त परीक्षण

काठमाडौं - महालक्ष्मी विकास बैंक, ठुटेपिपल भैरहवा शाखाले शनिवार निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ठुटेपिपल बजारमा निःशुल्क दन्त परीक्षण सेवा उपलब्ध गराएको बैंकका शाखा प्रबन्धक प्रवीण अमात्यले बताए । 

नेपाल डेन्टल एशोसिएशन रूपन्देहीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ओमसतिया गाउँपालिका–१, २ र ३ तथा सियारी गाउँपालिका–१का सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका जटिल प्रकृतिका बिरामीलाई युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको र उनीहरूलाई उपचारमा केही छूटको व्यवस्था समेत गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्