सेन्चुरी बैंकको ६.५ प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी, कहिले हुँदैछ साधारण सभा ?

 Century Bank
  • बैंकिङ संसार 
काठमाडौं - सेन्चुरी बैंकको ६.५ प्रतिशत लाभांश पाउन चैत २८ गते बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ । बैंकले लगानीकर्तालाई २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश दिंदैछ । यो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा गर्नेछ । सभका लागि चैत २९ गतेदेखि वैशाख १२ गतेसम्म बुक क्लोज हुनेछ ।

यसर्थ चैत २८ गते बिहीबार सम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित नगद तथा बोनस लाभांश पाउनेछन् । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

बैंकले हाल कायम ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँ चुक्ता पुँजीबाट २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूहका ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर–एक्विजिसन प्रक्रिया अघि बढाउन वा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि राखेको छ ।

प्रतिकृया दिनुहोस्